Whistleblower

Tender Details

शिलबन्दी बोलपत्र आह्वानको सुचना

Tender
Published Date :

2025/12/04


प्रथम पटक प्रकाशित मिती २०८२ मंसिर १८ गते (४ डिसेम्बर २०२५)

ChorgUsan for Children, Seoul, Republic of Korea तथा रोशी गाउँपालिकाको आर्थिक सहयोग र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको सहजिकरणमा काभ्रेपलान्चोक जिल्लाको  रोशी गाँउपालिकामा सञ्चालन गरिरहेको “Sunbo Strengthening Infrastructure and Capacity for Quality Learning Environments in Roshi Rural Municipality”  परियोजना अन्र्तगत रोशी गाउँपालिका वडा नं. ९ स्थित श्री बिन्दावासिनी माध्यामिक विद्यालयमा ४ कोठे भवन (सामाग्री सहित) निमार्णका लागि TOR मा उल्लेखित शर्त अनुसार भवन निर्माण गर्न इजाजत प्राप्त  ईच्छुक स्थानिय राष्ट्रिय कम्पनी बाट शिलबन्दी बोल–पत्र पेश गर्नको लागी आह्वान गरिन्छ ।

बोलपत्रमा समाबेस गर्नुपर्ने कागजातहरु ः

१· निमार्ण कम्पनी दर्ता तथा नवीकरणको प्रमाणपत्रहरु

२· आर्थिक वर्ष २०८१/८२ को कर चुक्ताको प्रमाण पत्र वा म्याद थपको कागजात

३· VAT दर्ताको प्रमाण पत्र

४· सहि छाप सहितको TOR, Due Diligence Form र स्व घोषणा पत्र

५· सक्कल बैंक जमानत पत्र (२·५ %) ३९५ दिनको म्याद भएको हुनुपर्ने

आवेदन दर्ता गर्ने प्रक्रिया:

शिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र अर्थात ३ पौष २०८२ तदनुसार १८ डिसेम्बर २०२५ साँझ ५:०० बजे भित्र किर्डाक नेपाल, समन्वय कार्यालय सानेपा, ललितपुरमा बुझाउनुपर्ने छ । निमार्ण गरिने भवनको विस्तृत जानकारीको लागि आवश्यक पर्ने कागजातहरु र बोल–पत्रको आवेदन फाराम र ToR, BOQ  तथा ड्रोइङ्ग संस्थाको वेभसाइट https://kirdarc.org/tender/  वा www.jobsnepal.com वाट डाउनलोड गर्न सकिनेछ वा किर्डाक नेपालका माथि उल्लेखित कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

यस विषयमा थप जानकारी लिनु पर्ने भएमा किर्डाक नेपालको समन्वय कार्यालय सानेपा, ललितपुरको फोन नं. (०१–५४२१६७८, ५४४८०४० मा सम्पर्क गर्न सकिने छ ।

शिलबन्दी बोल–पत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

Download links:

Link 1: TOR

https://drive.google.com/file/d/1MB5WmeLL5U7EJa7bZmiaIRqv3UYlgIpo/view?usp=sharing

Link 2: Bill of Quantity

https://drive.google.com/file/d/1QodzfXt_hyV_3LlyKrJ9S-ivFAdfVzXq/view?usp=sharing

Link 3: Design and estimate

https://drive.google.com/file/d/1zlJdk5HpA2GaJXcX_pby0RrLp5VxrRBv/view?usp=sharing

Explore more

No related posts available at the moment.