2025/05/07
प्लान इन्टरनेशनलको आर्थिक सहयोग तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको साझेदारीमा कालिकोट जिल्लाको सान्नी त्रिबेणी र नरहरिनाथ गाँउपालिकामा सञ्चालित “Girls Standing Strong (GSS)” परियोजना अन्तर्गत तिन वटा विद्यालयहरूमा नमुना कक्षाकोठा व्यवस्थापनका लागि आवश्यक सामाग्री खरिद तथा सेट अप गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्त अनुसार आपूर्ति गर्न इजाजत प्राप्त सम्बन्धित ईच्छुक स्थानिय/राष्ट्रिय कम्पनी, फर्म तथा आपूर्तिकर्ताबाट शिलबन्दी बोल–पत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।
बोलपत्रमा अनिवार्य समावेस गर्नुपर्ने कागजातहरू:
१. कम्पनी दर्ता तथा नवीकरणको प्रमाणपत्रहरू
२. आर्थिक वर्ष २०८०/८१ को कर चुक्ताको प्रमाण पत्र वा म्याद थपको कागजात
३. VAT दर्ताको प्रमाण पत्र
४. सहि छाप सहितको TOR, Due Diligence Form र स्व घोषणा पत्र
५. बैंक जमानत पत्र Original Copy (२·५ %)
६. विस्तृत विवरणका साथै सामाग्रीका कलर फोटोहरू
आवेदन दर्ता गर्ने प्रक्रिया:
शिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र अर्थात २०८२/०१/३० गते (तद्नुसार १३ मेई २०२५) साँझ ५:०० बजे भित्र किर्डाक नेपाल, समन्वय कार्यालय सानेपा, ललितपुर, कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनर, सुर्खेत, वा जिल्ला कार्यालय मान्मा कालीकोटमा बुझाउनुपर्ने छ । खरिद गरिने सामाग्रीको नाम विवरण, परिमाण, Terms of Reference र बोल–पत्रको आवेदन फाराम (Bid Form) यो लिङ्क https://kirdarc.org/tender/ बाट वा तल उल्लेखित लिङ्कबाट डाउनलोड गर्न सकिने छ वा किर्डाक नेपालका माथि उल्लेखित कार्यालयहरूबाट समेत प्राप्त गर्न सकिनेछ ।
यस विषयमा थप जानकारी लिनु पर्ने भएमा किर्डाक नेपालको समन्वय कार्यालय सानेपा, ललितपुर (०१–५४४८३२१) वा कर्णाली प्रदेश कार्यालय सुर्खेत (०८३–५२५६६४) वा जिल्ला कार्यालय मान्मा (०८७–४४०१५०) मा सम्पर्क गर्न सकिने छ ।
शिलबन्दी बोल–पत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।
JobsNepal Notice Link: https://www.jobsnepal.com/shalbnatha-blpatara-aahavanaka-sacana-138090
No related posts available at the moment.