2026/09/20
कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र
किर्डाक नेपाल
बोलपत्र आह्वान
केन्द्रिय कार्यालय चन्दननाथ– ६, जुम्ला
प्रथम पटक प्रकाशित मितिः २०८३ असोज २
कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित “किशोरी शसक्तिकरण परियोजना” (BBaGS) अन्तर्गत डोल्पा जिल्लाको ठुली भेरी र त्रिपुरासुन्दरी नगरपालिकामा २ वटा बिद्यालयहरुमा अपांग तथा लैंगिक मैत्री शौचालय साथै हातधुने स्थान निर्माण, ३ वटा विद्यालय / स्वास्थ्य संस्थाको कोठा मर्मत, ४ वटा विद्यालय / स्वास्थ्य संस्थामा खानेपानी आपुर्ति योजनाका संरचना निर्माण र १ वटा स्वास्थ्य संस्थाको भवन निर्माणका लागि यो सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र (सार्वजनिक विदा परेमा सो को भोलिपल्ट) रितपुर्वक शिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ ।
पेश गनुपर्ने आवश्यक कागजातहरुः
१.कम्पनी रजिस्ट्रार प्रमाणपत्र प्रतिलिपी ।
२.स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपी ।
३.आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी ।
४.प्रस्तावकले यस अघि सिफारिस गरेको समान कामको अनुभवहरुको कागजातको प्रतिलिपी ।
५.प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) रकमको २.५ प्रतिशत बैंक जमानी पत्र (Bank Guarantee letter-Original Copy) संलग्न गर्नु पर्ने ।
६.प्रस्ताव आव्हानको फारम, शर्तहरु (ToR) तथा BOQ संस्थाको Website वा तथा तल दिईएको लिंकबाट प्राप्त गर्न सकिनेछ ।
७.बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३ साल असोज १६ गते कार्यालय समयको बेलुका ५ वजे भित्र रहेको तथा उक्त बोलपत्र मिति २०८३ साल असोज २० गते दिनको ३:०० बजे खोलिने छ ।
८.निर्माण हुने क्षेत्र तथा निर्माण संरचना तपसिल बमोजिम रहेको छ ।
तपसिलको लागी तल लिङ्क मा जानु होस:
नोट
वोलपत्रको विस्तृत फाराम Drawing, Terms of Reference & BOQ: www.kirdarc.org/tender or www.jobsnepal.com गर्न सकिने छ । वा किर्डाक नेपालको समन्वय कार्यालय सानेपा – ०३ ललितपुर, कर्णाली प्रदेशको कार्यालय वीरेन्द्रनगर – ८ सुर्खेत र जिल्लाको कार्यालय ठुली भेरी – ०३ दुनै डोल्पा वाट पाउन सकिन्छ । वोलपत्रमा केही संशोधन भएमा पेश हुनुभन्दा पहिले जानकारी गराईने छ ।
वोलपत्र पेश गर्ने ठेगाना
खरिद समिति
कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक),नेपाल कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर ८ खजुरा, सुर्खेत (फोन नं.०८३–५२५६६४), जिल्लाको कार्यालय ठुली भेरी – ०३ दुनै डोल्पा तथा समन्वय कार्यालय सानेपा ३ ललितपुर (फोन नं.०१–५४४८३२१, ५४४८०४०)
No related posts available at the moment.