Whistleblower

Tender Details

शिलबन्दी बोलपत्र आह्वानको सूचना

Tender
Published Date :

2026/04/10

प्रथम पटक प्रकाशित मिती: २०८२ चैत्र २७ गते (१० अप्रिल २०२६)

प्लान इन्टरनेशनलको आर्थिक सहयोग तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको साझेदारीमा कालिकोट जिल्लाको  सान्नी त्रिबेणी, नरहरिनाथ गाँउपालिका र रास्को्ट नगरपालिकामा सञ्चालित “Girls Standing Strong  (GSS)” परियोजनाको माथि उल्लेखित कार्यक्षेत्रका विद्यार्थीहरूका लागि आवश्यक पढाईकुनाका लागि आवश्यक शैक्षिक सामाग्री खरिद गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्त अनुसार आपूर्ति गर्न इजाजत प्राप्त सम्बन्धित ईच्छुक स्थानिय/राष्ट्रिय कम्पनी, फर्म तथा आपूर्तिकर्ताबाट शिलबन्दी बोल–पत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

बोलपत्रमा अनिवार्य समावेस गर्नुपर्ने कागजातहरू:

    १. कम्पनी दर्ता तथा नवीकरणको प्रमाणपत्रहरू

    २. आर्थिक वर्ष २०८१/८२ को कर चुक्ताको प्रमाण पत्र 

    ३. VAT/PAN दर्ताको प्रमाण पत्र

    ४. सहि छाप सहितको TOR, COI & Child Safeguarding Policy र स्व घोषणा पत्र 

    ५. बैंक जमानत पत्र Original Copy (२.५ %)

    ६. सम्पुर्ण साम्रगीको नमुना

आवेदन दर्ता गर्ने प्रक्रिया:

शिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले ११ दिन भित्र अर्थात २०८३/०१/०७ गते (तद्नुसार २० अप्रिल २०२६) साँझ ५:०० बजे भित्र किर्डाक नेपाल, समन्वय कार्यालय सानेपा, ललितपुर, कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेत तथा क्लष्टर कार्यालय मान्मा कालिकोटमा बुझाउनुपर्ने छ । खरिद गरिने सामाग्रीको नाम, विवरण, परिमाण, Terms of Reference र बोल–पत्रको आवेदन फाराम (Bid Form) यो लिंक https://kirdarc.org/tender/ बाट  वा तल उल्लेखित लिंकबाट डाउनलोड गर्न सकिने छ वा किर्डाक नेपालका माथि उल्लेखित कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

बोलपत्र फाराम दर्ता गर्ने अन्तिम मितिको ४ दिन पछि संस्थाका प्रतिनिधीहरू र बोलपत्रदाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालय सानेपा ललितपुरमा बोलपत्र खोलिने छ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधि अनुपस्थित भएमा पनि  बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिनमा बोलपत्र खोलिने छ ।

यदि बोलपत्र फाराम बुझाउने अन्तिम दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिनमा पनि बोलपत्र बुझाउन सकिने छ ।

Link_1: Terms of Reference

Link_2: Bid-Form

Link_3: COI & Child Safeguarding Policy

Link_4: Self-Declaration Form

यस विषयमा थप जानकारी लिनु पर्ने भएमा किर्डाक नेपालको समन्वय कार्यालय सानेपा, ललितपुर (०१–५४२१६७८, ५४४८३२१), वीरेन्द्रनगर, सुर्खेत ०८३–५२००५४ तथा मान्मा, कालिकोट ०८७ –४४०१५० मा सम्पर्क गर्न सकिने छ ।

शिलबन्दी बोल–पत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

Explore more

No related posts available at the moment.